
१७ असोज, काठमाडौं । दशैंको अवधिमा मानव अधिकार आयोगमा एउटा मात्र उजुरी परेको छ ।
राष्ट्रिय मानव अधिकार आयोगले जनकपुर प्रादेशिक कार्यालयमा मानव अधिकार उल्लंघन भएको एउटा घटनाको उजुरी प्राप्त भएको जनाएको छ । त्यसको तत्काल सोही कार्यालयबाट अनुगमन गरिएको आयोगका प्रवक्ता टीकाराम पोखरेलले जानकारी दिएका छन् ।
सार्वजनिक बिदा तथा चाडपर्वका बेला सर्वसाधारणको आवतजावतमा कठिनाइ हुने, अपराधका घटनामा वृद्धि हुने, महँगी तथा कालोबजारी बढ्ने, सार्वजनिक सेवा प्रवाह र सहज आपूर्तिमा अवरोध सिर्जना हुन नदिन पनि आयोगले सरकारको ध्यानाकर्षण गराएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4