+
+
Shares

विराटनगरबाट काठमाडौं उडेको यतिको जहाज पोखरा डाइभर्ट

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १८ गते ११:२८
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंको खराब मौसमका कारण विराटनगरबाट काठमाडौं उडेको यति एयरलाइन्सको जहाज पोखरा डाइभर्ट गरिएको छ।
  • जहाजमा रहेका ६९ जना यात्रु पोखरा विमानस्थलमा अवतरण गरेका छन्।
  • पोखरा विमानस्थल खुला रहेको र यहाँबाट काठमाडौं र भरतपुर उडान भइरहेको सूचना अधिकारी जशोदा रेग्मीले बताए।

१८ असोज, पोखरा । विराटनगरबाट काठमाडौं उडेको यति एयरलाइन्सको जहाज काठमाडौं अवतरण गर्न नसकेपछि पोखरा डाइभर्ट गरिएको छ ।

काठमाडौंको मौसम खराब भएपछि ६९ जना यात्रु बोकेको जहाज पोखरा अवतरण गरिएको हो ।

पोखराको विमानस्थल भने खुलेको छ । विमानस्थलका सूचना अधिकारी जशोदा रेग्मीका अनुसार विराटनगरको जहाज पोखरा ल्याण्ड भएको र फेरि काठमाडौं नै फर्किने तयारीसमेत गरिएको छ ।

अहिले पोखरा–काठमाडौं र भरतपुर उडान भइरहेको रेग्मीले जानकारी दिइन् । ‘पोखरा विमानस्थल क्लोज छैन, यहाँबाट प्रमुख सहरमा उडान भइरहेको छ,’ रेग्मीले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?