+
+
Shares

जेनजीलाई महावीरको आह्वान : नबिर्सिकन भोटर लिस्टमा नाम दर्ता गर्नुहोला

‘१६ वर्ष पुगेका युबा भाई बहिनीहरुलाई सविनय अनुरोध गर्दछु कि यहि आउँदो फाल्गुन २१ गतेका दिन हुन गैरहेको आम चुनावमा भोट खसाल्नको लागि नबिर्सिकन भोटर लिस्टमा नाम दर्ता गर्नुहोला’ उनले सामाजिक सञ्जालमार्फत जेनजी पुस्तालाई आह्वान गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १८ गते १२:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले १६ वर्ष पुगेका युवालाई फागुन २१ गते हुने निर्वाचनका लागि भोटर लिस्टमा नाम दर्ता गर्न आह्वान गर्नुभएको छ।
  • निर्वाचन आयोगले कात्तिक ३० गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गर्न पाइने व्यवस्था गरेको छ र प्रि–रजिस्ट्रेशन प्रणालीमार्फत आवेदन दिन सकिनेछ।
  • फागुन २१ गते हुने निर्वाचनको घोषणा राष्ट्रपति रामचन्द्र पौडेलले अन्तरिम सरकारको सिफारिसमा प्रतिनिधि सभा विघटन गरी गर्नुभएको हो।

१८ असोज, काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले नबिर्सिकन भोटर लिस्टमा नाम दर्ता जेनजीहरूलाई आह्वान गरेका छन् ।

‘१६ वर्ष पुगेका युवा भाइ बहिनीहरुलाई सविनय अनुरोध गर्दछु कि यही आउँदो फाल्गुन २१ गतेका दिन हुन गैरहेको आम चुनावमा भोट खसाल्नको लागि नबिर्सिकन भोटर लिस्टमा नाम दर्ता गर्नुहोला।’ उनले सामाजिक सञ्जालमार्फत जेनजी पुस्तालाई आह्वान गरेका छन् ।

उनी थप्छन्, ‘धेरै भन्दा धेरै युवाहरुले भोट हालेर जोशिला र इमान्दार युवाहरुलाई नेतृत्वमा ल्याउनु पर्छ । अनि मात्र जेनजीहरुको सपना पूरा हुन्छ । नत्र भने सोचेको परिवर्तन सम्भव छैन । आज देखि नै लागौं ।’

निर्वाचन आयोगले आगामी कात्तिक ३० गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गर्न पाइने बताएको छ । त्यसअनुसार समयमै नाम दर्ता गराउन मन्त्री पुनले आग्रह गरेका हुन् ।

नामावलीमा नाम दर्ता नभएका १६ वर्ष उमेर पूरा भएकाले बिहान ८ बजेदेखि ६ बजेसम्म प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयहरूमा दर्ता गर्न सक्नेछन् । आयोगको वेबसाइटमा प्रि–रजिस्ट्रेशन प्रणालीबाट आवेदन भरेर बायोमेट्रिक विवरणका लागि कार्यालय जानुपर्ने हुन्छ ।

सरकारले फागुन २१ गते निर्वाचनको घोषणा गरेको छ । गत भदौ २३ र २४ गते जेनजीले आन्दोलन गरेका थिए । उक्त आन्दोलनका कारण तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा दिन बाध्य भए । त्यसपछि प्रतिनिधि सभाबाट अर्को सरकार बन्न सकेन ।

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको छ । अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन गरेर आगामी फागुन २१ गतेका लागि नयाँ निर्वाचनको मिति घोषणा गरेका हुन् ।

उक्त मितिमा हुने चुनावका लागि निर्वाचन आयोगले आगामी कातिक ३० गतेसम्म मतदाता नामावली संकलन गर्ने गरी खुलाएको छ । निर्धारित समयमै भोटर लिस्टमा आफ्नो नाम दर्ता गर्न मन्त्री पुनले आह्वान गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?