+
+
Shares

अपडेट : पाँचथर दुर्घटनास्थलबाट ४ जनाको उद्धार

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १८ गते १२:५३

काठमाडौं । पाँचथरको कुम्मायक गाउँपालिका वडानम्बर २ र ३ को सिमानामा पर्ने कात्तिके डाँडामा भएको दुर्घटनास्थलबाट चार जनालाई उद्धार गरिएको छ । स्थानीयले घाइतेहरुलाई उद्धार गरी धरानतर्फ पठाएका छन् ।

प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलका अनुसार अहिलेसम्म मानवीय क्षतिको जानकारी आएको छैन । ‘अहिलेसम्म चार जना घाइतेलाई उपचारका लागि धरानतर्फ पठाइएको छ,’ प्रजिअ पोखरेलले भने, ‘दुर्घटनास्थलबाट धरान नै नजिक पर्छ ।’

उनका अनुसार सदरमुकाम फिदिमबाट सेना, सशस्त्र र नेपाल प्रहरीको टोलीलाई पनि घटनास्थल पठाइएको छ । आफू पनि त्यतै जान लागेको उनले बताए ।

धरान जाँदै गर्दा पिकअप गाडी दुर्घटनामा परेको जानकारी आएको र प्रहरी पुगेपछि विस्तृत विवरण थाहा हुने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?