+
+
Shares

यूएन पार्क छेउमा भरियो बागमती

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १८ गते १५:३५

१८ असोज, काठमाडौं । निरन्तरको वर्षाले काठमाडौंस्थित बागमती नदीमा बाढीको बहाव बढ्दो छ । काठमाडौं ११ स्थित युएन पार्क छेउमा बागमती नदीको स्पेस भरिएको छ ।

गत वर्ष युएन पार्कमा रहेको झोलुङ्के पुल नै बगाएको थियो । उक्त स्थानमा अर्को पुल बनेको छैन ।

यसवर्ष पनि नदीका लागि रहेको स्पेस भरिएको छ । आसपासका सडकहरूमा पानी भरिएका छन् ।

करिडोरमा रहेका साहायक सडकमा बाढी पस्न थालेको छ  ।

बाढीसँगै सवारी साधनहरू चल्न छाडेका छन् ।

यस क्षेत्रमा अति उच्च सतर्कता अपनाउन जल तथा मौसम विभागले अनुरोध गरेको छ । जल तथा मौसम विभागले नागरिकहरूलाई म्यासेज नै गरेर भोलीसम्मै निरन्तर वर्षा रहने भएकाले उच्च सतर्कता अपनाउन भनेको हो ।

‘भारी वर्षा भइरहेको र भोली सम्मै निरन्तर रहने हुनाले  बाढी र डुवान हुने क्षेत्रहरुमा भोली सम्मै अति उच्च सतर्कता अपनाउनु हुन अनुरोध छ,’ म्यासेजमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?