+
+
Shares

मधेशमा अत्यधिक वर्षा, २४ घण्टामा रौतहटको महेशपुरमा २७० मिलिमिटर वर्षा

पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै रौतहटको महेशपुरमा २७० मिलिमिटर वर्षा भएको छ । गौरमा २४३.६ मिलिमिटर वर्षा मापन भएको छ ।  

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १८ गते १६:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पछिल्लो २४ घण्टामा रौतहटको महेशपुरमा २७० मिलिमिटर वर्षा भएको छ भने गौरमा २४३.६ मिलिमिटर वर्षा मापन भएको छ।
  • पर्साको मुडलीमा २३१.८, वीरगञ्जमा २२१.६, कलैयामा २१०.६ र निजगढमा १५७.८ मिलिमिटर वर्षा भएको छ।
  • मौसमविदहरुले असोज २० गतेसम्म थप वर्षा हुने र उच्च सतर्कता अपनाउन सुझाव दिएका छन्।

१८ असोज, काठमाडौं। बागमती र मधेश प्रदेशका १० स्थानमा वर्षाको मात्रा खतराको तहमा पुगेको छ । आज अपराह्न चार बजेसम्मको रेकर्ड अनुसार सबैभन्दा धेरै वर्षा रौतहट जिल्लामा भएको छ ।

पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै रौतहटको महेशपुरमा २७० मिलिमिटर वर्षा भएको छ । गौरमा २४३.६ मिलिमिटर वर्षा मापन भएको छ ।

त्यसपछि धेरै वर्षा पर्सामा भएको छ । पर्साको मुडलीमा २३१.८, वीरगञ्जमा २२१.६ मिलिमिटर वर्षा भएको छ ।

बारामा कलैयामा २१०.६, निजगढमा १५७.८, रौतहटको गरुडामा १९१.८ मिलिमिटर वर्षा भएको छ ।

मौसमविदहरुले आज राति थप वर्षा हुने पूर्वानुमान गरेका छन् । त्यसैले असोज २० गतेसम्म उच्च सतर्कता अपनाउन उनीहरुले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?