+
+
Shares

झरी र बाढीमा फसेकाले यी नम्बरमा गर्नुस् सम्पर्क (सूचीसहित)

प्रभावितहरूलाई तत्काल सुरक्षित ठाँउमा सार्न गृहको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १८ गते २१:४५

१८ असोज, काठमाडौं । सरकारले झरी र बाढीपहिरोबाट प्रभावित भएकाहरूलाई सकेसम्म छिटो उद्दार र राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

सरकारले आपतमा परेकाहरूलाई नजिकको स्थानीय प्रशासनमा फोन गरेर सहयोग माग्न भनेको हो ।

झरी र बाढीबाट प्रभावितहरूलाई तत्काल उद्दार गर्न आवश्यक परे हेलिकप्टरको व्यवस्थापन गर्न पनि निर्देशन दिएको छ ।

गृह मन्त्रालयले झरीका कारण बाटोमा अलपत्र परेकाहरूलाई सुरक्षित स्थानमा सार्ने र उनीहरूलाई बस्ने तथा खाने व्यवस्था मिलाउन स्थानीय प्रशासनहरूलाई निर्देशन दिने निर्णय गरेको हो ।

त्यसका लागि ७७ जिल्लाका स्थानीय प्रशासन र सुरक्षा निकायहरूको फोन नम्बर सार्वजनिक गरेको छ ।

उसले अलपत्र परेकाहरूलाई सुरक्षित ठाँउमा सार्न निर्देशन दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?