
फाइल
१८ असोज, काठमाडौं । लगातार वर्षा र खराब मौसमका कारण उदयपुर जिल्ला प्रशासन कार्यालय, गाइघाटले कटारी–घुर्मी सडकखण्डमा सवारी आवागमन अस्थायी रूपमा रोक लगाउने निर्णय गरेको छ ।
प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेलद्वारा जारी सूचनाअनुसार २०८२ साल असोज १८ गते बिहानदेखि उदयपुर जिल्ला तथा आसपासका क्षेत्रमा लगातार भारी वर्षा भइरहेको छ ।
जल तथा मौसम विज्ञान विभागको अनुमानअनुसार असोज २१ गतेसम्म वर्षा जारी रहने सम्भावना रहेकाले जोखिम न्यूनीकरणका लागि यो निर्णय गरिएको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4