
News Summary
Generated by OK AI. Editorially reviewed.- शिक्षा मन्त्रालयले बाढी, डुबान र भू-क्षय प्रभावितका लागि सबै विद्यालयलाई आपतकालीन आश्रयस्थलको रूपमा प्रयोग गर्न अनुरोध गरेको छ।
- शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालयका प्रधानध्यापक र शिक्षकलाई स्थानीय तह र सुरक्षा निकायसँग समन्वय गरी राहत र उद्धारमा जुट्न आग्रह गरेको छ।
१८ असोज, काठमाडौं । शिक्षा मन्त्रालयले बाढी, डुबान र भू-क्षय लगायतले प्रभावितहरुका लागि आपतकालीन आश्रयस्थलको रुपमा प्रयोग गर्न सबै विद्यालयहरुलाई अनुरोध गरेको छ ।
मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शनिबार विज्ञप्ति जारी गर्दै समुदायलाई तत्काल राहत तथा सुरक्षाको आवश्यकता पर्ने देखिएमा विद्यालयहरूलाई आपतकालीन आश्रयस्थलको रूपमा प्रयोग गर्न र विद्यालयका प्रधानध्यापक तथा शिक्षकहरू आफू सुरक्षित रही स्थानीय तह, सुरक्षा निकाय र समुदायसँगको समन्वयमा राहत, उद्धार तथा विपद् व्यवस्थापन कार्यमा जुट्न अनुरोध गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4