+
महिला टी-२०आई शृंखला :

मलेसियासँगको तेस्रो खेलमा नेपालको हार

२०८२ असोज  १९ गते १०:३६ २०८२ असोज १९ गते १०:३६
मलेसियासँगको तेस्रो खेलमा नेपालको हार

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले मलेसियासँगको टी–२० अन्तर्राष्ट्रिय शृंखलाको तेस्रो खेल १३ रनले हार्‍यो।
  • मलेसियाले दिएको १२१ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १०७ रन बनायो।
  • मलेसियाले ५ खेलको शृंखलामा २-१ को अग्रता बनाएको छ।

१९ असोज, काठमाडौं । नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले मलेसियासँगको टी–२० अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत तेस्रो खेलमा हार बेहोरेको छ ।

कुआलालम्पुरस्थित वायुमास ओभलमा भएको खेलमा मलेसियाले नेपाललाई १३ रनले हराएको हो ।

मलेसियाले दिएको १२१ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १०७ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि रुबी पोद्दारले सर्वाधिक ३१ रन बनाइन् । कप्तान इन्दु बर्मा २२ रनमा अविजित रहिन् ।

मलेसियाकी नुर दानिया स्युहादा र आइसा एलिसाले १-१ विकेट लिए । नेपालका ६ जना ब्याटर रनआउट भए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ४ विकेट गुमाएर १२० रन बनाएको थियो । आइना हमिजाले सर्वाधिक ६१ रन बनाइन् । मास एलिसाले ३० रन बनाइन् ।

नेपालकी कविता जोशी र कविता कुँवरले २-२ विकेट लिए ।

नेपाल यसअघि पहिलो खेलमा ३ रनले पराजित भएको थियो भने दोस्रो खेलमा ६ विकेटको जित निकालेको थियो ।

योसँगै ५ खेलको शृंखलामा मलेसियाले २-१ को अग्रता बनाएको छ ।

नेपाली महिला क्रिकेट टोली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय