+
+
Shares

सप्तकोशीका ५६ वटै ढोका खोलियो

पानीको बहाव उच्च भएसँगै सप्तकोशी ब्यारेजका ५६ वटै ढोका खोलिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १९ गते ११:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सप्तकोशी ब्यारेजका ५६ वटै ढोका खोलिएको छ र पानीको बहाव ४ लाख ८६ हजार ७६० क्युसेक पुगेको छ।
  • कोशीमा पानीको बहावले खतराको तह पार गरेपछि रातो बत्ती बाल्ने गरिन्छ र मनसुन सक्रिय भएको छ।
  • सुनकोशी, अरुण र तमोर नदीमा पनि पानीको सतह खतराको तहभन्दा माथि पुगेको छ।

१९ असोज, काठमाडौं । पानीको बहाव उच्च भएसँगै सप्तकोशी ब्यारेजका ५६ वटै ढोका खोलिएको छ ।

कोशीमा आइतबार साढे ११ बजे पानीको बहाव ५ लाख १० हजार ९६० क्युसेक पुगेको छ । आइतबार बिहानदेखि पानीको बहाव प्रतिसेकेन्ड ३ लाख ३५ हजार पुगेपछि ब्यारेजका ५६ ढोकामध्ये ५० खोलिएको थियो ।

शुक्रबार र शनिबार लगातार वर्षा भइरहेका कारण आइतबार बिहानदेखि सप्तकोशीमा पानीको बहावले खतराको तह पार गरेको छ । कोशी ब्यारेजमा पानीको प्रवाह एक लाख ५० हजार क्युसेक नाघेपछि खतराको सङ्केतस्वरूप रातो बत्ती बाल्ने गरिन्छ ।

आइतबारबाट कोशी प्रदेशमा मनसुन सक्रिय भएको छ । बिहानैबाट वर्षा जारी छ ।

जल तथा मौसम विज्ञान विभागकाअनुसार कोशी प्रदेशमा सक्रिय रहेको मनसुन विस्तारै बाहिरिँदै गएको छ ।

सप्तकोशीमा आइतबार बेलुकैसम्म पानीको बहावले खतराको तह पार गर्ने विभागले बताएको छ । सुनकोशी, अरुण र तमोर नदीमा पनि पानीको सतह खतराको तहभन्दा माथि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?