
१९ असोज, काठमाडौं । अविरल वर्षाका कारण गएको पहिरोमा परी इलाममा हालसम्म ३४ जनाको मृत्यु भएको छ ।
सशस्त्र प्रहरीलले संकलन गरेको तथ्यांक अनुसार सूर्योदय-१ मा ५, इलाम नगरपालिका-१ मा ६ जनाको मृत्यु भएको छ ।
देउमाइमा ८, फाकफोकथुपमा १, माङ्सेबुङमा ३, माइजोगमाइमा ७ र सन्दकपुरमा ४ जनाको मृत्यु भएको छ ।
पहिरोका कारण घर पुरिएपछि यतिधेरै संख्यामा मानवीय क्षति भएको हो । पहिरो प्रभावित क्षेत्रमा सुरक्षा निकायहरुले उद्दार कार्य गरिरहेका छन् । घाइतेहरुलाई हेलिकप्टरबाट उपचारका लागि लैजान थालिएको हो ।
हालसम्म प्राप्त विवरणअनुसार सूर्योदय नगरपालिका-१ बस्ने करिब ६०-६५ वर्षकी मनमाया क्षेत्री, ११ बर्षकी रश्मीका क्षेत्री छन् । त्यस्तै वतन नखुलेको अन्दाजी ४०-४५ वर्षकी महिला र वतन नखुलेको अन्दाजी १५-१६ वर्षकी वालिका छन् ।
इलाम नगरपालिका ६ बस्ने २३ वर्षीय समिर देउसाली, २३ वर्षीय प्रविन पाख्रिन र २३ वर्षीय विराज पाख्रिन छन् । त्यस्तै ३२ बर्षिया अनु तामाङ ३२ बर्षिया प्रनिशिका मगर र ३ वर्षीय आवास दनुवारको पनि मृत्यु भएको छ ।
प्रतिक्रिया 4