
२० असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको सचिवालय बैठक सुरु भएको छ ।
महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको हो ।
बैठकमा हालैको विपद्पछिको अवस्थाको बारेमा छलफल हुनेछ । यसका साथै महाधिवेशन मिति तय, प्रतिनिधि छनोट लगायत विषयमा छलफल गर्न लागिएको छ ।
यही असोज ९ र १० गते काठमाडौंमा सम्पन्न माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले केन्द्रीय समितिलाई विघटन गरी महाधिवेशन आयोजक समिति बनाएको थियो । उक्त निर्णयसँगै आगामी मंसिरको अन्तिमसाताभित्र विशेष महाधिवेशन गर्ने निर्णय पनि गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4