
२० असोज, काठमाडौं । गत शुक्रबार र शनिबार आएको भारी वर्षापछिको बाढीपहिरोका कारण मृत्यु हुनेको संख्या ६० पुगेको छ ।
१९ पुरुष, २६ महिला र १५ नाबालकसहित ६० जनाको मृत्यु पुष्टि भएको प्रहरीले जनाएको छ ।
जसमध्ये सबैभन्दा धेरै मृत्यु इलाममा भएको छ । इलाममा पहिरो र बाढीमा परेर मृत्यु हुनेको संख्या ३७ पुगेको छ ।
पाँचथरमा ८, उदयपुरमा ३, खोटाङमा २, सुनसरीमा १, रौतहटमा ३, मोरङ, महोत्तरी, सिन्धुपाल्चोक र सिन्धुलीमा १/१ र काभ्रेमा २ जनाको मृत्यु भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4