+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

बालेन र सुदनविरुद्ध जाहेरी लिएर काठमाडौं प्रहरी परिसर पुग्यो अनेरास्ववियुको टोली (तस्वीरहरू)

साह र गुरुङविरुद्ध जाहेरी दिन अनेरास्ववियुको टोली जिल्ला प्रहरी परिसर काठमाडौं पुगेको अखिलका महासचिव दीपक धामीले जानकारी दिए ।

शंकर गिरी शंकर गिरी
२०८२ असोज २१ गते १७:०३

२१ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध किटानी जाहेरी दिन नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको टोली जिल्ला प्रहरी परिसर काठमाडौं पुगेको छ ।

साह र गुरुङविरुद्ध जाहेरी दिन अनेरास्ववियुको टोली जिल्ला प्रहरी परिसर काठमाडौं पुगेको अखिलका महासचिव दीपक धामीले जानकारी दिए ।

‘तोडफोड, आगजनी र प्रहरी हत्या गरेको विषयमा उनीहरूविरुद्ध उजुरी दिन परिसर पुगेका हौं,’ उनले भने ।

जाहेरी लिएर पुगेका मध्ये तीन जनालाई छलफलका लागि प्रहरीले भित्र बोलाएको छ ।

२४ भदौमा जेनजी आन्दोलनको क्रममा संसद्देखि सिंहदरबार र प्रहरी कार्यालयहरूमा तोडफोड र आगजनी भएको थियो ।

लेखक
शंकर गिरी

शंकर गिरी फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?