+

आईसीसी वरीयता : दीपेन्द्र पाँचौंमा झरे, भुर्तेल २४औं स्थानमा

२०८२ असोज  २२ गते १४:०६ २०८२ असोज २२ गते १४:०६
आईसीसी वरीयता : दीपेन्द्र पाँचौंमा झरे, भुर्तेल २४औं स्थानमा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२०आई अलराउण्डर वरियतामा पाँचौं स्थानमा झरेका छन्।
  • आईसीसीले बुधबार सार्वजनिक गरेको वरियता अनुसार दीपेन्द्रको रेटिङ २१६ पुगेको भएपनि उनी पाँचौं स्थानमा राखिएका छन्।
  • पाकिस्तानका सायम अयुब टी-२०आई अलराउण्डर वरियताको शीर्ष स्थानमा छन् भने कुशल भुर्तेल २४औं स्थानमा छन्।

२२ असोज, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२०आई अलराउण्डर वरियतामा पाँचौं स्थानमा झरेका छन् ।

आईसीसीले बुधबार सार्वजनिक गरेको वरियता अनुसार दीपेन्द्र पाँचौंमा झरेका हुन् । नेपालले भर्खर वेस्ट इन्डिजसँग ३ खेलको शृंखला खेलेपछि सार्वजनिक भएको वरीयतामा उनी चौथोमा यथावत् थिए ।

शृंखलामा उनले २ खेल मात्र खेलेका थिए । जहाँ उनको प्रदर्शन औसत मात्र रहेको थियो । त्यसबेला उनको रेटिङ २०९ बाट २१४ मा बढ्दा पनि चौथोमा यथावत् रहेका थिए ।

यद्यपी अहिले उनको रेटिङ २१६ पुगेको भएपनि उनी पाँचौं स्थानमा राखिएका छन् ।

अलराउण्डर वरियताको शीर्ष स्थानमा पाकिस्तानका सायम अयुब कायमै छन् । दोस्रोमा सिकन्दर राजा, तेस्रोमा भारतका हार्दिक पान्ड्या र चौथोमा अफगानिस्तानका मोहम्मद नाबी छन् ।

कुशल भुर्तेल अलराउन्डर वरीयतामा २४औं स्थानमा छन् ।  बलिङमा ललित राजवंशी १ स्थान तल (४८औं स्थानमा) झर्दा सन्दीप लामिछाने २ स्थान तल (८७औं स्थानमा) झरेका छन् ।

आईसीसी वरीयता दीपेन्द्रसिंह ऐरी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय