
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल तरुण दल कोशी प्रदेशका ४० केन्द्रीय सदस्यले राजनीतिक दलहरूको नेतृत्वमा पुस्तान्तरणको माग गरेका छन्।
- तरुण दलले फागुन २१ गतेको निर्वाचनमा मूल नेतृत्व परिवर्तन गरेर जानुपर्ने माग गरेको छ।
- तरुण दलले जेनजी आन्दोलनका क्रममा सार्वजनिक तथा निजी सम्पत्तिमा क्षतिबारे छानबिन गरी दोषीमाथि कारबाही गर्न आग्रह गरेको छ।
२२ असोज, विराटनगर । नेपाल तरुण दल कोशी प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरूले पार्टीहरुको नेतृत्वमा पुस्तान्तरणको माग गरेका छन् ।
राजनीतिक दलभित्र शुद्धीकरण र सुशासनको प्रत्याभूतिका लागि पुस्तान्तरण को माग गरेका हुन् ।
बुधबार वक्तब्य जारी गर्दै तरुण दलले राजनीतिक दलहरूको मूल नेतृत्व फेरेर फागुन २१ गतेको निर्वाचनमा जानुपर्ने माग गरेको छ । तरुण दलमा कोशी प्रदेशबाट प्रतिनिधित्व गर्ने ६० भन्दा बढी छन् ।
४० जना केन्द्रीय सदस्यको सहमतिमा वक्तव्य जारी गरेको केन्द्रीय सदस्य विष्णु भुर्तेलले जानकारी दिए ।
‘काेशी प्रदेशबाट प्रतिनिधित्व गर्ने ४० केन्द्रीय सदस्यकाे निष्कर्ष हाे,’ उनले भने,’ आन्दाेलनले दलकाे नेतृत्व परिवर्तन चाहेकाे छ ।’
‘निर्वाचनमा जानु पूर्व मुख्य राजनीतिक दलहरूले मूल नेतृत्व फेरेर आउन भन्ने आमजनताको उत्कट चाहना छ,’ तरुण दलले भनेको छ,‘आ–आफ्नो ठाउँबाट तदनुरूपका गतिविधिगत अग्रसर रहन विभिन्न दलमा आवद्ध तवेरी राजनीतिकर्मीहरुलाई आग्रह गर्न चाहन्छौं ।’
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले पन्ध्रौं राष्ट्रिय महाधिवेशनको मिति तोकेर तल्लो इकाइदेखि देखि केन्द्रीयसम्म पार्टी रूपान्तरण, पुस्तान्तरणको बाटोमा जानुपर्ने तरुण दलको माग छ ।
तरुण दलले जेनजी आन्दोलनका क्रममा सार्वजनिक तथा निजी सम्पत्तिमा भएको क्षतिबारे छानबिन गरी दोषीमाथि कारबाही गर्न पनि माग गरेको छ ।
प्रतिक्रिया 4