
२२ असोज, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनपछि नेपालमा भएको परिवर्तनका बारेमा सम्बन्धीत मुलुकमा जानकारी गराउन विदेशस्थित सबै नियोग प्रमुखहरूलाई निर्देशन दिएका छन् ।
बुधबार परराष्ट्र मन्त्रालयबाट बिभिन्न देशमा रहेका नेपाली राजदूत तथा नियोग प्रमुखहरूसँग भर्चुअल छलफल गर्दै प्रधानमन्त्री कार्कीले नेपालमा भएको परिवर्तनका बारेमा सम्बन्धित मुलुक र सरोकारवालाहरूलाई जानकारी गराउन निर्देशन दिएको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले जानकारी दिए ।
त्यसैगरी प्रधानमन्त्री कार्कीले निर्वाचनको मिति तय भएको अवस्थामा विदेशी सरकार, संस्थाको सहयोग आवश्यक पर्ने भएकाले समन्वय गर्न पनि निर्देशन दिएकी छिन् ।
जेनजी आन्दोलनका कारण सुस्ताएको पर्यटन लगायतका क्षेत्रको अवस्था पुरानै अवस्थामा आएकाले यसको प्रचारप्रसार गर्न पनि आग्रह गर्नुभएको प्रवक्ता क्षेत्रीले बताए ।
त्यस्तै विदेशमा रहेका नेपालीहरूलाई चुस्त, दुरुस्त र प्रभावकारी रुपमा सेवा प्रवाह गर्न पनि प्रधानमन्त्री कार्कीले निर्देशन दिएको उनले बताए ।
त्यस्तै, जेनजी आन्दोलनका क्रममा ध्वस्त भएका संरचनाको पूननिर्माण गर्नका लागि पूननिर्माण कोष स्थापना गरिएको अवस्थामा यस बिषयमा पनि आवश्यक प्रचार प्रसार गर्न प्रधानमन्त्रीले आग्रह गरेको प्रवक्ता क्षेत्रीले जानकारी दिए ।
प्रतिक्रिया 4