+
+
Shares

राष्ट्रिय सभाको अधिवेशन छठपछि बोलाउने तयारी

संसद सचिवालयका सहसचिव सीता काफ्ले वाग्लेका अनुसार सभा बस्नका लागि हलको टुंगो लागेपछि व्यवस्थापनको काम सुरु गरिएको हो । उनले भनेकी छन्, ‘पहिलेको राष्ट्रिय सभा अहिलेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको हललाई सभा बसाउनको लागि तयारी भइरहेको छ ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २३ गते १३:३३
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय सभाको अधिवेशन तिहार र छठ पर्वपछि बोलाउने तयारी भइरहेको छ।
  • सिंहदरवारभित्र रहेको पुरानो सभाकक्षलाई राष्ट्रिय सभाको लागि व्यवस्थापन गरिँदैछ।
  • सभामा संकल्प प्रस्ताव, जरुरी सार्वजनिक महत्वको प्रस्ताव र विधेयकमाथि छलफल हुने छ।

२३ असोज, काठमाडौं। राष्ट्रिय सभाको अधिवेशन तिहार र छठ पर्वपछि बोलाउने तयारी भएको छ । सभा सञ्चालनका लागि सिंहदरवार भित्रै रहेको राष्ट्रिय सभाको पूरानो सभाकक्षलाई व्यवस्थापन गरिँदैछ ।

संसद सचिवालयका सहसचिव सीता काफ्ले वाग्लेका अनुसार सभा बस्नका लागि हलको टुंगो लागेपछि व्यवस्थापनको काम सुरु गरिएको हो । उनले भनेकी छन्, ‘पहिलेको राष्ट्रिय सभा अहिलेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको हललाई सभा बसाउनको लागि तयारी भइरहेको छ ।’

सहरी विकास मन्त्रालयको टोलीले निरिक्षण गरेपछि उक्त हलमा व्यवस्थापन गर्ने गरी काम सुरु भएको हो । उनका अनुसार हाल हल रहेको स्थानमै अगाडि ड्यास बनाइनेछ, दर्शकदिर्घा बनाइनेछ । सभाको लागि आवश्यक अन्य व्यवस्थापन गरिनेछ ।

यो काम सरकारसँगको समन्वयमै भएको उनले जानकारी दिइन् ।

राष्ट्रिय सभाको मात्रै अधिवेशन बोलाउन सक्ने संवैधानिक प्रावधान रहेको उल्लेख गर्दै उनले सभा बसेपछि सांसदहरूले संकल्प प्रस्ताव, जरुरी सार्वजनिक महत्वको प्रस्ताव, ध्यानाकर्षण प्रस्तावहरूमाथि छलफल हुन सक्ने बताइन् ।

राष्ट्रिय सभामा उत्पति भएर राष्ट्रिय सभामै रहेका विधेयकमाथि समेत छलफल गरेर पारित हुन सक्दछ । जो प्रतिनिधि सभाको चुनाव भएर आए लगत्तै पठाउन र सकिन्छ । दुवै सभाबाट पारित भएर राष्ट्रपतिकहाँ पुगेर प्रमाणीकरण भएपछि मात्रै विधेयक ऐनमा रुपान्तरित हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?