
News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई पक्राउ गर्ने प्रयास र पासपोर्ट रोक्का विषयमा गृहमन्त्री ओमप्रकाश अर्याललाई धेरै नउत्तालिन चेतावनी दिएका छन्।
- ओलीले प्रधानमन्त्री सुशीला कार्कीसँग डराएर भाग्ने नभएको र देशको स्वाभिमानका लागि बलिदान दिन तयार रहेको बताएका छन्।
- उनले देशको सार्वभौमसत्तामाथि हमला भइरहेको उल्लेख गर्दै एमालेलाई नजिस्क्याउन चेतावनी दिएका छन्।
२३ असोज, काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पासपोर्ट रोकेको, उपत्यका छोड्न रोक लगाएको विषयमा आपत्ति जनाउँदै आफू प्रधानमन्त्री सुशीला कार्कीसँग डराएर नभाग्ने बताएका छन् ।
उनले आफूलाई पक्राउ गर्ने लगायतका विषय उठाएर गृहमन्त्री ओमप्रकाश अर्याललाई धेरै नउत्ताउलिन चेतावनी दिएका छन् । उनले देश चलाउने ठट्टा नभएकाले ख्याल गर्न उल्लेख गरे ।
जेनजी आन्दोलनपछि पहिलो पटक भक्तपुरमा आयोजित पार्टीको औपचारिक कार्यक्रममा सम्बोधन गर्दै सडकमा तमासा गरिरहेको बताए ।
‘पासपोर्ट रोक्का रे । डाँडो काट्न नहुने हो रे । सुशीला कार्की डरको डरले केपी ओली भाग्छ ?,’ उनले भने, ‘हुन त म अहिलेका गृहमन्त्रीलाई चिन्दिन । तर म गृहमन्त्री बाबुलाई धेरै नउत्तालिन र नचम्किन सुझाव दिन चाहन्छु । राजनीति चलाउने देश चलाउने ख्याल ठट्टा होइन ।’
उनले आफू देशको स्वाभिमानका लागि बलिदान दिन तयार रहेकाले एमालेलाई नजिस्क्याउन चेतावनी दिए ।
‘हामी जेल नेल भोगेर आएका हौं । हाम्रा लागि यो नयाँ कुरा होइन,’ उनले भने, ‘देशको स्वाभिमानका लागि बलिदान दिन तयार छौं हामीलाई जिस्काइरनु पर्दैन । हामीले जनताको शासन भनेर ल्याएका हौ । लडेका हौं ।’
उनले अहिले देशको सार्वभौमसत्तामाथि हमला भइरहेको पनि उल्लेख गरे ।
प्रतिक्रिया 4