+

नेपाल र जापान टी-२० विश्वकप छनोटको सुपर सिक्समा, कुवेत बाहिरियो

२०८२ असोज  २३ गते २१:२९ २०८२ असोज २३ गते २१:२९
नेपाल र जापान टी-२० विश्वकप छनोटको सुपर सिक्समा, कुवेत बाहिरियो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल र जापानले आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्समा प्रवेश गरेका छन्।
  • जापानले कुवेतलाई हराएपछि नेपाल र जापान सुपर सिक्समा पुगेका हुन् र समूह बी को अन्तिम खेलमा भिड्नेछन्।
  • जापानले कुवेतको १७८ रनको लक्ष्य १९ ओभर ३ बलमा पूरा गरेको छ र इसाम रहमानले ३९ बलमा ६४ रन बनाए।

२३ असोज, काठमाडौं । नेपाल र जापान आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्समा प्रवेश गरेका छन् ।

बिहीबार भएको समूह बी को खेलमा जापानले कुवेतलाई हराएपछि जापानसँगै नेपाल पनि एक खेल अगावै सुपर सिक्समा प्रवेश गरेका हुन् ।

नेपालसँग पनि यसअघि नै पराजित भइसकेको कुवेत आजको हारपछि समूह चरणबाटै बाहिरिएको छ ।

समूह बी को अन्तिम खेलमा शुक्रबार नेपाल र जापान खेल्दै छन् । उक्त खेल अब अघोषित रूपमा ‘सुपर सिक्स’को खेलजस्तै बनेको छ ।

नेपाल र जापानबीचको खेलको विजेता टोलीले सुपर सिक्स चरण सुरु गर्दा २ अंक समेत लिएर जानेछ । सुपर सिक्समा २ अंकबाट सुरु गर्नु निकै महत्वपुर्ण हुन्छ ।

समूह चरणमा आफूले हराएको टिम पनि सुपर सिक्समा पुगेको अवस्थामा विजेता टोलीले उक्त खेल जितेको २ अंक लिएर जानेछ र सुपर सिक्समा फेरि खेल्नु पर्ने छैन ।

बिहीबार भएको अर्को खेलमा समूह ए को कतारले मलेसियालाई पराजित गरेको छ । यो समूहमा यूएई पनि रहेको छ जसले कतारलाई हराइसकेको छ ।

जापानको सनसनीपूर्ण जित

उदीयमान क्रिकेटिङ राष्ट्र जापानले बिहीबारको खेलमा कुवेतलाई हरायो । कुवेतले दिएको १७८ रनको लक्ष्य जापानले १९ ओभर ३ बलमा पूरा गर्‍यो ।

जापानका लागि इसाम रहमानले ३९ बलमा ६४ तथा सबारिश रविचन्द्रनले ३९ र कप्तान केन्डल काडोवाकी फ्लेमिङले २८ रन बनाए । इब्राहिम ताकाहासीले २६ रन बनाए ।

जापानका कप्तानले सुरुवातदेखि नै आक्रामक ब्याटिङ थालेका थिए । मिडल ओभरमा रहमानले शानदार ब्याटिङ गरे ।

टी-२० विश्वकप छनोट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय