+
+
Shares

एमाले केन्द्रीय कमिटी बैठक दुई दिन पछि सर्‍यो

पार्टीका केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले बैठकको तयारी नपुगेकाले बैठक सारिएको जानकारी दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २४ गते १३:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी बैठक दुई दिनले सारेर असोज २९ देखि ३१ गते काठमाडौँमा बस्ने भएको छ।
  • पार्टीका केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले बैठकको तयारी नपुगेकाले बैठक सारिएको जानकारी दिए।
  • ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालय जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएपछि बैठक अन्य ठाउँमा बस्ने भएको छ।

२४ असोज, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी बैठक दुई दिन पछाडि सरेको छ ।

पार्टीका केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले बैठकको तयारी नपुगेकाले बैठक सारिएको जानकारी दिए ।

उनका अनुसार बैठक यही असोज २९ देखि ३१ गते काठमाडौँमा बस्ने भएको छ । यसअघि बैठक असोज २७ देखि २९ गतेसम्म काठमाडौँमा तय गरिएको थियो ।

ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालय जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएपछि अन्य ठाउँमा बैठक बस्ने उनले जानकारी दिए।

आज बस्ने पार्टीको सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकको कार्यसूची तय गर्ने जनाइएको छ । जेनजी आन्दोलनपछि एमालेले केन्द्रीय कमिटी बैठक डाकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?