
News Summary
Generated by OK AI. Editorially reviewed.- मन्त्रीपरिषद्को २३ असोजको निर्णय अनुसार चार एआईजी अधिकृतको पदस्थापन बुधबार प्रहरी प्रधान कार्यालयमा भएको छ।
- सुशील सिंह राठौरलाई अपराध अनुसन्धान विभाग, उमा चतुर्वेदीलाई कार्य विभाग, हिमालयकुमार श्रेष्ठलाई प्रशासन विभाग र डम्बर विकलाई प्रदेश समन्वय विभाग पठाइएको छ।
- आईजीपी चन्द्रकुवेर खापुङले बढुवा भएका एआईजीहरूलाई बधाई दिँदै संगठनको वृहत्तर हित र सामूहिक भावनाका साथ काम गर्न निर्देशन दिनुभएको छ।
२४ भदौ, काठमाडौं । मन्त्रीपरिषद्को २३ असोजको निर्णय अनुसार एआईजीमा बढुवा भएका चार अधिकृतको पदस्थापन भएको छ ।
बुधबार प्रहरी प्रधान कार्यालयमा बढुवा भएका चार एआईजीहरू सुशील सिंह राठौर, उमा चतुर्वेदी, हिमालयकुमार श्रेष्ठ र डम्बर विकलाई दर्ज्यानी चिह्न प्रदान गर्दै पदस्थापन गरिएको छ ।
जसअनुसार राठौरलाई अपराध अनुसन्धान विभाग, चतुर्वेदीलाई कार्य विभाग, श्रेष्ठलाई प्रशासन विभाग र विकलाई प्रदेश समन्वय विभाग पठाइएको छ ।
बढुवा भएका एआईजीहरूलाई आईजीपी चन्द्रकुवेर खापुङले बधाई दिँदै संगठनको वृहत्तर हित र सामूहिक भावनाका साथ काम गर्न निर्देशन दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4