+
+
Shares

नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्दै

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २५ गते ७:०७

२५ असोज, काठमाडौं । नेपाली कांग्रेसका पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठक आज पनि बस्दैछ । नेताहरू बोल्ने क्रम नसकिएपछि आज पनि बैठक जारी हुने भएको हो ।

बिहीबारदेखि पार्टी कार्यालय सानेपामा जारी बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका सदस्यहरू समेत सहभागी भएपछि नेताहरू बोल्ने क्रम नसकिएकोले फेरि आजका लागि बैठक बोलाइएको हो ।

मुलुकमा विद्यमान राजनीतिक जटिलतामा पार्टी र मुलुकलाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल केन्द्रित रहेको नेताहरुले बताएका छन् ।

आगामी २६ गते बस्ने पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा समान धारणा बनाएर जाने भन्दै सोही पेरिफेरीमा छलफल भइरहेको छ ।

आजको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । पार्टीको महाधिवेश निर्धारित समयमा गर्ने कि अर्ली अधिवेशन गर्ने भन्नेबारे पनि कांग्रेस नेताहरूबीच मतभेद देखिएको छ । बैठकमा यसबारे पनि समान धारणा बनाउने प्रयास भइरहेको नेताहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?