+
+
Shares

साढे ४ लाख घुससहित प्रधानाध्यापक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २५ गते १३:३३

२५ असोज, काठमाडौं । रौतहटको एक विद्यालयका प्रधानाध्यापक साढे ४ लाख घुससहित पक्राउ परेका छन् ।

रौतहटको धरहरीमा रहेको जय किसान माध्यामिक विद्यालयका प्रधानाध्यापक संजय प्रसादलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको हो ।

संजयले शिक्षक आवश्यकता भनी खुलाएको विज्ञापनमा एक जनाले रितपूर्वक दर्खास्त दिए पनि संजयले बिचौलिया अरविन्द प्रकाश साहकानुमार्फत घुस लिएका थिए । अरविन्द पनि पक्राउ परेका छन् ।

अख्तियारका अनुसार उनीहरुलाई घुस लिइसकेको अवस्थामा पर्साको वीरगन्ज नगरपालिका-१३ स्थित अदालत रोडको एक होटेलबाट अख्तियारले नियन्त्रणमा लिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?