
२५ असोज, काठमाडौं । कान्तिपुर भेट डिष्ट्रिब्यूटर्स प्रालिका सञ्चालक अध्यक्ष सुना सुवेदी पक्राउ परेकी छिन् ।
भन्सार शुल्क लाग्ने गरी आयात गर्न दिइएको सिफारिस पत्र कीर्ते गरेर दर्ता नै नभएका पशु औषधिहरू आयात गरेको कसुरमा उनलाई पक्राउ गरिएको हो ।
हिजो (शुक्रबार) नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले उनलाई पक्राउ गरेर थप अनुसन्धान अघि बढाएको छ ।
उक्त कान्तिपुर भेट डिष्ट्रिब्यूटर्स प्रालिविरुद्ध लिखतसम्बन्धी कसुरमा मुद्दा दर्ता भएको थियो । जस अनुसार, जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।
सुवेदीदाई शुक्रबार काठमाडौंको शंखमुलबाट पक्राउ गरी थप अनुसन्धानको कार्य भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4