+
+
Shares

टासी ल्हान्जोममाथिको आक्रमणको आदिवासी जेनजी कलेक्टिभद्वारा भर्त्सना

२५ वर्षीया टासीलाई ‘नेपालीजस्तो नदेखिने’, ‘नेपाली नबोल्ने’ र ‘विदेशी शक्तिबाट परिचालित’ भन्दै मन्त्री बनाउँदा राष्ट्रिय अखण्डतामाथि खतरा हुनेजस्ता भ्रामक कुरा बाहिरिएपछि कलेक्टिभले यी आरोपलाई खण्डन गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २६ गते १०:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आदिवासी जेनजी कलेक्टिभले हुम्लाकी जलवायु अभियन्ता टासी ल्हान्जोममाथि सामाजिक सञ्जालमा लगाइएको झुटा आरोपको निन्दा गरेको छ।
  • टासीलाई 'नेपालीजस्तो नदेखिने', 'नेपाली नबोल्ने' र 'विदेशी शक्तिबाट परिचालित' भन्दै मन्त्री बनाउँदा राष्ट्रिय अखण्डतामाथि खतरा हुने आरोप खण्डन गरिएको छ।
  • आदिवासी समुदायलाई भाषा, संस्कृति र अनुहारका आधारमा बहिष्करण गरिएको र संविधानमा समानता भए पनि व्यवहारमा विभेद कायम रहेको विज्ञप्तिमा उल्लेख छ।

२६ असोज, काठमाडौं । आदिवासी जेनजी कलेक्टिभले हुम्लाकी जलवायु अभियन्ता टासी ल्हान्जोममाथि सामाजिक सञ्जालमा लगाइएको झुटा आरोपको निन्दा गरेको छ ।

२५ वर्षीया टासीलाई ‘नेपालीजस्तो नदेखिने’, ‘नेपाली नबोल्ने’ र ‘विदेशी शक्तिबाट परिचालित’ भन्दै मन्त्री बनाउँदा राष्ट्रिय अखण्डतामाथि खतरा हुनेजस्ता भ्रामक कुरा बाहिरिएपछि कलेक्टिभले यी आरोपलाई खण्डन गरेको हो ।

आदिवासी समुदायलाई भाषा, संस्कृति र अनुहारका आधारमा शताब्दियौँदेखि बहिष्करण गरिएको कलेक्टिभको भनाइ छ । संविधानमा समानता र समावेशीकरणको ग्यारेन्टी गरे पनि व्यवहारमा विभेद कायम छ । आदिवासी महिला र नागरिकलाई अदृश्य बनाइएको र दोहोरोतेहोरो अन्यायमा पारिएको कलेक्टिभको विज्ञपतिमा उल्लेख छ ।

विज्ञप्तिमा आदिवासी जेनजी कलेक्टिभ र जेनजी मुभमेन्ट एलायन्सको हस्ताक्षर छ ।

हेर्नुहोस् विज्ञप्ति :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?