+
+
Shares

मुक्तिनाथ कृषि कम्पनीको लाभांश घोषणा, लगत्तै हकप्रद जारी गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २६ गते ११:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मुक्तिनाथ कृषि कम्पनीले चुक्ता पूँजीको ८ प्रतिशत बोनस सेयर र ०.४२ प्रतिशत नगद लाभांश घोषणा गरेको छ।
  • कम्पनीले बोनस सेयरपछि ६० प्रतिशत हकप्रसद सेयर निष्कासन गर्ने निर्णय गरेको छ।
  • कात्तिक २१ गते साधारणसभा बोलाइएको र कात्तिक १४ गते बुक क्लोज मिति तोकिएको छ।

२६ असोज, काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।

कम्पनीको सञ्चालक समिति बैठकले चुक्ता पूँजीको ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । हाल कम्पनीको चुक्ता पूँजी ७० करोड रुपैयाँ छ । बोनस सेयर दिएपछि कायम हुने चुक्ता पूँजीमा कम्पनीले ६० प्रतिशत हकप्रसद सेयर निष्कासन गर्ने भएको छ ।

साथै कम्पनीले कात्तिक २१ गतेका लागि साधारणसभा बोलाएको छ । वार्षिक साधारणसभा प्रयोजनका लागि कात्तिक १४ गते बुक क्लोजको मिति तय गरेको छ । हाल यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १५ सय रुपैयाँ हाराहारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?