+
+
Shares

कैलाली उद्योग वाणिज्य संघ अध्यक्षमा ओझा विजयी

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २६ गते १४:११

२६ असोज, धनगढी । कैलाली उद्योग वाणिज्य संघको अध्यक्षमा व्यवसायी पुष्करराज ओझा विजयी भएका छन् । नेतृत्व चयनका लागि शनिबार मतदान भएको थियो ।

आइतबार दिउँसो सकिएको मतगणनाअनुसार रुपेश स्वाँरलाई ६१ मतले पराजीत गर्दै ओझा विजयी भएका हुन् । कुल एक हजार नौ सय ४० मत खसेकोमा ९५० मतसहित अध्यक्षमा ओझा विजयी हुँदा स्वाँरले ८८९ मत पाएका छन् ।

ओझा यसअघिको कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष पदमा थिए । स्वाँर र ओझाले प्यानलसहित उम्मेदवारी दिएकोमा महासचिवमा पनि ओझा समूहकै दिनेश लम्साल विजयी भएका छन् । सुरेश पाण्डेयलाई पराजित गर्दै उनी विजयी भएका हुन् । लम्सालले ९१२ मत पाएका छन् भने पाण्डेयले ८३४ मत मात्रै पाए ।

वरिष्ठ उपाध्यक्षमा केशवराज जोशी, उपाध्यक्ष (उद्योग) मा लक्ष्मणराज पन्त, उपाध्यक्ष (एसोसिएट) मा मनोज अग्रवाल, उपाध्यक्ष (वाणिज्य) मा गगन केसी, उपाध्यक्ष (वस्तुगत) मा भीमराज ओझा, कोषाध्यक्षमा तिलकबहादुर बोहरा र सचिवमा प्रकाश चन्द विजयी भएका छन् ।

सदस्यहरूमा शुभशंकर ठाकुर, तेज बम, अम्बिका भण्डारी, अजय पाण्डेय, ध्रुबराज दाहाल, तर्क राज भट्ट, सुरेश सापकोटा, मन्जु भट्ट, बमबहादुर कुँवर, कमला भट्टराई, प्रेमबहादुर धामी, देवराज जोशी र प्रमिला पाठक विजयी भएका छन् ।

कुल दुई हजार तीन सय ३५ व्यवसायी मतदाता रहेको कैलाली उद्योग वाणिज्य संघको चुनावमा एक हजार नौ सय ४० मत खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?