+
+
Shares

म आन्दोलनको भगौडा होइन, ज्यानमाथि धम्की थियो : मिराज ढुंगाना

‘सडकको तातो मन्त्रिपरिषद्‌मा जानैपर्छ’

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २६ गते २१:००

२६ असोज, काठमाडौं । जेनजी अगुवा मिराज ढुंगाले आफू जेनजी आन्दोलनको क्रममा नभागेको बताएका छन् ।

आइतबार साँझ उनले आयोजना गरेको पत्रकार सम्मेलनमा उनलाई सञ्चारकर्मीले ‘भगौडा’ को आरोप लागेको बताउँदै ‘नैतिकताले तपाईंलाई नेतृत्वमा आउन दिन्छ ?’ भन्दै प्रश्न गरेका थिए ।

जवाफका क्रममा उनले आफू एउटामात्रै समूहमा नभएको र त्यो दिन आफूमाथि ज्यान मार्ने धम्की समेत आएको जिकिर गरे ।

‘म भगौडा होइन । आन्दोलनमै बसेको हो । मेरो ज्यानमाथि धेरै धम्की आयो । मेरो एउटा मात्रै समूह थिएन,’ उनले भने ।

साथै, आफू प्रत्यक्ष निर्वाचित कार्यकारीको मुद्दा बाचुञ्जेल नछाड्ने जिकिर गरे ।

‘प्रत्यक्ष निर्वाचित कार्यकारीको मुद्दा म बाचुञ्जेल छाड्नेवाला छैन । विदेशमा भएका मतदाताले भोट हाल्न पाउने यो आवश्यक छ,’ ढुंगानाले भने, ‘यो राज्यले बुझ्नुपर्ने कुरा हो । हामीभन्दा बढी उहाँको भोटको महत्त्व छ ।’

उनले सडकको तातो मन्त्रिपरिषद्सम्म पुग्नुपर्ने बताए ।

‘सडकको तातो मन्त्रिमण्डलमा जानैपर्छ । यसमा दुईमत छैन । अस्ति ४ जना सिफारिस हुनुभयो । सडकको आगो मन्त्रिमण्डलमा हुनैपर्छ,’ उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?