+
+
WC Series
कर्णाली याक्स 2025
0/0
VS
जनकपुर बोल्ट्स 2025
0/0
Shares

प्रधानमन्त्रीलाई मिरज ढुंगानाले भने- सक्नु हुन्न भने राजीनामा दिनुहोस्

ढुंगानाले भने, ‘आन्दोलनपछि बनेको सरकारले पनि विकास गर्न सक्दैन भने कसैले सक्दैन । त्यही भएर आन्दोलनको बेइज्जत नगरिदिनुहोस् प्रधानमन्त्रीज्यू, तपाईं बरु सक्नुहुन्न भने राजीनामा दिनुहोस् । बाँकी काम हामी सबै मिलेर गरौंला ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २१ गते १५:२६

२१ मंसिर, काठमाडौं । जेनजी अभियन्ता मिरज ढुंगानाले प्रधानमन्त्री सुशीला कार्कीलाई जेनजी आन्दोलनको अपमान नगर्न आग्रह गरेका छन् ।

जेनजी अभियन्ता प्रकाश शर्मालाई रिहाइ गर्न माग गर्दै जिल्ला प्रहरी परिसर काठमाडौं पुगेका उनले यस्तो आग्रह गरेका हुन् ।

उनले निर्वाचनपछिको सरकारले देशको विकासका लागि ठोस काम गर्ने अपेक्षा आफूहरूले नगरेको पनि बताए ।

पुराना दलका नेताहरूको सरकारमा पुनः आगमन हुने सम्भावनाप्रति उनले चिन्ता व्यक्त गरे ।

ढुंगानाले अन्तरिम सरकार देश विकासमा असफल भएको अवस्थामा प्रधानमन्त्री कार्कीले राजीनामा दिनुपर्ने माग गरे ।

अन्तरिम सरकार हाइज्याक भएको भन्दै जेनजीहरूको माग सम्बोधन नभएको ढुंगानाले बताए ।

ढुंगानाले भने, ‘आन्दोलनपछि बनेको सरकारले पनि विकास गर्न सक्दैन भने कसैले सक्दैन । त्यही भएर आन्दोलनको बेइज्जत नगरिदिनुहोस् प्रधानमन्त्रीज्यू, तपाईं बरु सक्नुहुन्न भने राजीनामा दिनुहोस् । बाँकी काम हामी सबै मिलेर गरौंला ।’

जेनजी युवा प्रकाश शर्माले पनि पछिल्लो समय आन्दोलनको माग सम्बोधन नगरेको भन्दै प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामाको माग गर्दै पर्चा टाँस्ने कार्यमा सहभागी भएको बताए ।

उनले शनिबार बेलुका पक्राउ परेको अनुभव साझा गर्दै अन्तरिम सरकार जेनजी आन्दोलनको आधारमा बनेको भए पनि आफूहरूको माग सम्बोधन नगरेको बताए ।

२३ भदौको आन्दोलमा भएको घटनाको छानबिन नगरी २४ भदौको आन्दोलनमा सहभागी भएका युवाहरूलाई मात्र प्रहरीले पक्राउ गरेको उनले आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?