+
+
Shares

अहिलेको सरकार जेनजीकै हो, तर म त्यसमा पर्दिनँ : मिरज ढुंगाना

जवाफ दिने क्रममा ढुंगानाले भने, ‘हैन यो सरकार जेनजीकै हो । त्यो जेनजीमा म पर्दिनँ । किनभने जेनजी पनि धेरै हुन्छ ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १ गते १४:१५
राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मिरज ढु‌गाना । तस्वीर : आर्यन धिमाल/अनलाइनखबर

१ कात्तिक, काठमाडौं । जेनजी युवा मिरज ढुंगानाले आफू जेनजी अगुवा भएको, वर्तमान सरकार जेनजीले नै बनाएको तर आफू भने त्यसमा नपर्ने बताएका छन् ।

शनिबार काठमाडौंको एक होटलमा आयोजित पत्रकार सम्मेलनमा आफ्ना कुरा राख्ने क्रममा ढुंगानाले यस्तो बताएका हुन् ।

उनलाई एक सञ्चारकर्मीले फागुनमा हुने निर्वाचनमा प्रत्यक्ष कार्यकारीमा जान सकिने अवस्था छ ? भन्दै प्रश्न गरेका थिए ।

ती सञ्चारकर्मीले जेनजीले बनाएको सरकार भन्ने अनि सरकारले नै गर्न लागेको निर्वाचनमा आफ्ना मुद्दा पूरा नभइ सहभागी नहुने भन्न मिल्छ भन्दै अर्को प्रश्न गरेका थिए ।

‘तपाईंहरूले सुरुवातमै प्रत्यक्ष कार्यकारी भए हाम्रो सहमति हुन्छ नत्र हुँदैन भन्न किन नसकेको ? अबको संवैधानिक प्रणाली मान्ने भन्ने ? हामी के फागुनमा प्रत्यक्ष निर्वाचित कार्यकारीमा जान सकिने अवस्था छ ?,’ ती सञ्चारकर्मीको प्रश्न थियो, ‘अहिले तपाईंहरूको कुरा के हो ? कि हामीले बनाएको सरकार होइन भन्ने अवस्थामा पुग्नुपर्‍यो । हैन भनेर आफैंले बनाएको सरकारले गर्न लागेको निर्वाचनमा जाँदैनौं भन्नुहुन्छ । यो सरकार कसको हो ?’

जवाफ दिने क्रममा ढुंगानाले भने, ‘हैन यो सरकार जेनजीकै हो । त्यो जेनजीमा म पर्दिनँ । किनभने जेनजी पनि धेरै हुन्छ ।’

उनले पत्रकार सम्मेलनमार्फत आफूहरू संगठित हुनुपर्ने र त्यसका लागि कि त एनजीओ कि त दल खोल्नु आवश्यक रहेको जिकिर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?