+
+
Shares

मिरजको पत्रकार सम्मेलनमा शहीद परिवारका माग राखेर उभिए युवक

मिरज ढुंगानाको पत्रकार सम्मेलनमा एक युवा कालो चस्मा र मास्क लगाएर देखिए । उनले आफ्नो छातिमा एउटा सेतो कागजमा प्लेकार्ड बोकेका थिए । जहाँ लेखिएको थियो– मेरो आत्माले कहिले शान्ति पाउने ?

आर्यन धिमाल आर्यन धिमाल
२०८२ कात्तिक १ गते १४:०२

१ कात्तिक, काठमाडौं । जेनजी युवा मिरज ढुंगानाले शनिबार काठमाडौंमा आफूहरूका माग र मुद्दाबारे जानकारी गराउन पत्रकार सम्मेलन आयोजना गरेका छन् ।

पत्रकार सम्मेलनमार्फत उनले दल घोषणा गर्ने भनिएको थियो । यद्यपि दलबारे औपचारिक रुपमा कुनै घोषणा गरिएको छैन ।

विशेषगरी प्रत्यक्ष निर्वाचित कार्यकारी र विदेशमा रहेका नेपालीले मतदान गर्न पाउनुपर्ने माग पूरा हुनुपर्ने ढुंगाना लगायतका अगुवाहरूको तर्क छ ।

यही माग पूरा नभए आफूहरू निर्वाचनमा समेत सहभागी नहुने ढुंगानाले बताएका छन्

यसैबीच एभरेष्ट होटलमा आयोजित पत्रकार सम्मेलनमा एउटा नयाँ दृश्य देखियो । ढुंगानाको पत्रकार सम्मेलनमा एक युवा कालो चस्मा र मास्क लगाएर देखिए ।

उनले आफ्नो छातिमा एउटा सेतो कागजमा प्लेकार्ड बोकेका थिए । जहाँ लेखिएको थियो– मेरो आत्माले कहिले शान्ति पाउने ?

नजिकै ती युवाले शहीद परिवारका माग भनेर सात वटा बुँदामा केही माग राखेका छन् । ‘जेनजी आन्दोलनमा गोली चलाउने माथि छानबिन कहिले ?’, ‘नि:शुल्क शिक्षा, उपचार, साथै रोजगारीको व्यवस्था’, ‘प्रत्यक्ष, राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री। मुख्यमन्त्री’ लगायतका माग राखेर उनी उभिएका छन् ।

त्यहाँ यसरी उभिएका युवा हुन्– इन्द्रजित साफी । आफ्ना मागबारे त्यहाँ उभिएका युवाको अन्य विवरण खुलेको छैन ।

लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?