+
+
Shares

कांग्रेस कार्यसम्पादन समिति बैठक सर्‍यो, भोलि बस्ने

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २७ गते १३:४७
फाइल तस्वीर

२७ असोज, काठमाडौं । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक सरेको छ ।

सोमबार दिउँसो ३ बजेका लागि डाकिएको बैठक भोलि बिहान ११ बजे बस्ने गरी सरेको हो ।

गत बुधबार र बिहीबार शीर्ष नेताहरूको बैठक बोलाइएको थियो भने त्यसयता लगातार कार्यसम्पादन समितिको बैठक बसिरहेको थियो । केन्द्रीय समितिमा पेस गर्ने साझा एजेन्डामा सहमति जुट्न नसक्दा बैठकको समय सारिएको छ ।

आइतबारदेखि बस्ने भनिएको केन्द्रीय समितिको बैठक मंगलबारका लागि सारिएको छ ।

केन्द्रीय समिति बैठकमा सहमतिमा एजेन्डा पेस गर्नका लागि कार्यसम्पादन छलफल भएपनि टुंगो लाग्न सकेको छैन ।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले भने, ‘कांग्रेसको परम्परा केन्द्रीय समितिमा पेस गर्ने एजेन्डाहरू सर्वसहमतिमा बनाउने प्रचलन छ । त्यसको तयारीका लागि कार्यसम्पादन समितिको बैठक भोलिका लागि सारिएको हो ।’ भोलि दिउँसो ३ बजेका लागि केन्द्रीय समितिको बैठक बोलाइएको छ ।

नियमित महाधिवशेन मंसिरभित्रै हुनुपर्ने र हुन नसक्ने दुई थरी विचारका कारणले सहमति जुट्न सकेको छैन ।

महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा र संस्थापनइतरका नेता डा. शेखर कोइराला पक्षधर मंसिरभित्र नियमित महाधिवेशन गर्न जोड गरिरहेका छन् । संस्थापन पक्ष भने त्यस अवधिभित्र नियमित महाधिवशेन हुन नसक्ने जिकिर गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?