
News Summary
Generated by OK AI. Editorially reviewed.- अखिल नेपाल किसान महासंघले भूमि समस्या समाधान आयोग खारेज गर्ने निर्णय फिर्ता गराउन प्रदर्शन गर्ने निर्णय गरेको छ।
- भूमि समस्या समाधान आयोग र सबै जिल्ला समितिहरू खारेज गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय बिहीबार भएको थियो।
- किसान महासंघले आयोग खारेजले भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीमाथि अन्याय भएको बताएको छ।
२७ असोज, काठमाडौं। भूमि समस्या समाधान आयोग खारेज गर्ने निर्णय फिर्ताको माग गर्दै नेकपा एमालेनिकट अखिल नेपाल किसान महासंघले विरोध प्रदर्शन गर्ने भएको छ।
अखिल नेपाल किसान महासंघ र भूमि अधिकार तथा श्रमिक संगठनले भोलि मंगलबार काठमाडौंको तीनकुनेमा विरोध प्रदर्शन तथा कोणसभा गर्न लागेको हो।
आयोग खारेज गरेर सरकारले भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीमाथि अन्याय गरेको किसान महासंघले जनाएको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भूमि समस्या समाधान आयोग र सबै जिल्ला समितिहरू खारेज गर्ने निर्णय गरेको थियो।
भूमि समस्या समाधान आयोग गठन आदेश २०८१ बमोजिम अघिल्लो सरकारले गठन गरेका आयोग र सबै जिल्ला समितिहरू खारेज गर्ने निर्णय गरेपछि राजनीतिक पार्टीहरुले विरोध जनाएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4