+
+
Shares

उदयपुरमा ट्याक्टरको ठक्करबाट पैदलयात्रीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २७ गते १७:४७

२७ असोज, उदयपुर । उदयपुरमा ट्याक्टरको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।

प्रहरीका अनुसार त्रियुगा नगरपालिका-२ मोथिहाईस्थित सडकमा म.प्र ०१-००१ त २५६४ नम्बरको ट्याक्टरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७९ वर्षीया तेत्रीदेवी चौधरीको सोमबार मृत्यु भएको हो ।

ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले  जनाएको छ ।

प्रहरीले हाल फरार ट्याक्टर चालकको खोजी गर्नुका साथै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?