+
+
WC Series
Nepal
0/0
VS
Qatar
0/0
Shares

बन्धक रिहाइपछि इजरायली र प्यालेस्टिनीमा देखिएको खुशी (तस्वीरहरू)

हमासको नियन्त्रणबाट छुटेर आएकाहरू आफन्तसँग भेट हुँदा खुशी देखिन्थे । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूमा सार्वजनिक भएका तस्वीरहरूमा बन्धकबाट मुक्त भएका र उनीहरूका परिवारजनबीच रुवावासी चलेको देखिन्छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २७ गते १९:५४

२७ असोज, काठमाडौं । इजरायल–हमासबीच युद्धविराम सम्झौता भएपछि सोमबारबाट बन्धक रिहाइको प्रक्रिया अघि बढ्यो ।

सम्झौता अनुसार हमासले गाजामा बन्धक बनाएर राखेका २० जनालाई रिहा गरेको छ ।

हमासले रेडक्रस सोसाइटीलाई २० जना बन्धक सुम्पिएको थियो । गाजा सिटीबाट रेडक्रसको बसमा बसेर उनीहरू इजरायल फिर्ता भएका छन् ।

अर्कोतर्फ इजरायलले पनि सोमबार नै जेलमा रहेका १९०० भन्दा बढीलाई रिहाको प्रक्रिया अघि बढाएको छ । जसका कारण इजरायल र प्लालेस्टाइन (गाजा) दुवैतर्फ बन्धकका आफन्तहरू कुरेर बसेका थिए/छन् ।

हमासको नियन्त्रणबाट छुटेर आएकाहरू आफन्तसँग भेट हुँदा खुशी देखिन्थे । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूमा सार्वजनिक भएका तस्वीरहरूमा बन्धकबाट मुक्त भएका र उनीहरूका परिवारजनबीच रुवावासी चलेको देखिन्छ ।

गाजामा सक्रिय हमासले दुई वर्षअघि इजरायलमा आक्रमण गर्दा १२ सय जनाको इजरायलीको मृत्यु भएको थियो । त्यसक्रममै हमासले नेपालका विपिन जोशीसहित थुप्रैलाई बन्धक बनाएको थियो ।

इजरायलले पनि हमाससँग जोडिएको अभियोमा सयौं प्यालेस्टिनीलाई जन्मकैदको सजाएको सुनाएको थियो भने थुप्रै बन्धकका रुपमा थुनामा थिए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शान्ति योजना अनुसार हालै इजिप्टको कायरोमा इजरायल र हमास युद्धविरामका लागि सहमत भएका थिए ।

इजिप्ट, कतार, टर्कीले समेत दुईबीचको वार्तालाई सफल तुल्याउन मध्यस्थता गरेका थिए ।

सन् २०२३ को अक्टोबर ७ देखि सुरु भएको इजरायल–हमास संघर्षमा ६७ हजारभन्दा बढी प्यालेस्टिनीको मृत्यु भएको छ भने डेढ लाख भन्दा बढी घाइते भएका छन् ।

दुई वर्षसम्म चलेको युद्धले गाजा सिटी पूर्ण भग्नावशेषमा परिणत भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?