+
+
WC Series
Won Nepal
147/9 (20)
VS
Nepal won by 5 runs
Qatar
142/10 (20)
Shares

लयमा फर्किंदै सर्वोच्च, आजदेखि रिट निवेदन दर्ता

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २८ गते ६:३७

२८ असोज, काठमाडौं । जेनजी आन्दोलनको क्रममा आगजनी भएको सर्वोच्च अदालत लयमा फर्किन थालेको छ । सर्वोच्च अदालत प्रशासनले आज असोज २८ गतेदेखि रिट निवेदन दर्ता गर्ने जनाएको छ ।

मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५७ तथा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७३, १३७ र १५५ का निवेदनहरू आज २८ असोजदेखि दर्ता एवं सुनुवाइ हुने हुनेछ ।

सर्वोच्च अदालतको आइतबार बसेको फुलकोर्टको बैठकले असोज २८ गतेदेखि नयाँ मुद्दा दर्ता गर्ने निर्णय गरेको थियो ।

जेनजी युवाको प्रदर्शनको क्रममा गत भदौ २४ गते सर्वोच्च अदालत भवनमा आगजनी भएको थियो । आगजनीका कारण अधिकांश मुद्दाका मिसिल र पुराना कागजात जलेर खरानी भएका थिए ।

त्यसयता सर्वोच्च अदालतको सेवा प्रभावित भएको छ । यसअघि सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरणसहित अत्यावश्यक मुद्दाको सुनुवाइ भने टेन्ट टाँगेर दिएको थियो ।

नियमित अन्य सेवा प्रवाहको भने अर्को सूचना प्रकाशित नहुँदासम्म म्याद, हदम्याद र तारेख नगुज्रने सर्वोच्च अदालतले जारी गरेको सूचनामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?