
News Summary
Generated by OK AI. Editorially reviewed.- उन्नतिले आफ्ना उत्पादन उपत्यकाका सीजी डिजिटल शोरुममार्फत उपलब्ध गराउन थालेको छ।
- उन्नतिले कला, हस्तकला, संगीत, भाषा र जीवनशैलीका विविध अभिव्यक्तिमार्फत नेपालको सांस्कृतिक पहिचान पुनर्जीवित गर्दै आएको छ।
- उन्नति अपरेसन प्रमुख अस्मिता शाक्यले भने, 'हामीले बनाएका प्रत्येक वस्तुले नेपालको जीवित सम्पदाको कथा बोकेको हुन्छ।'
२८ असोज, काठमाडौं । नेपालको सांस्कृतिक पहिचान र परम्परालाई संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले अघि बढिरहेको उन्नतिले आफ्ना उत्पादन उपत्यकाका सीजी डिजिटल शोरुममार्फत समेत उपलब्ध हुने भएको छ ।
राष्ट्रिय, प्राकृतिक, कलात्मक र परम्परागत उद्योगको स्तरवृद्धि गर्ने अवधारणामा आधारित उन्नतिले कला, हस्तकला, संगीत, भाषा र जीवनशैलीका विविध अभिव्यक्तिमार्फत नेपालको मौलिक सांस्कृतिक पहिचान पुनर्जीवित गर्दै आएको छ । उन्नतिले पुरानो र नयाँ कला र संस्कृतिबीचको पुलका रूपमा नेपालको सम्पदालाई आधुनिक जीवनशैलीसँग जोड्ने प्रयास गरिरहेको छ ।
स्थायित्व र सशक्तीकरणमा केन्द्रित उन्नतिले स्थानीय समुदायलाई सशक्त बनाउन तल्लो तहबाटै उद्यमशीलता प्रवद्र्धन गर्दै आएको छ ।
‘हाम्रो उद्देश्य कला, हस्तकला, संगीत, खानेकुरादेखि नेपाली परम्परामा आधारित परम्परालाई तथा वस्तुहरुलाई दैनिक जीवनमा भित्र्याउने हो’ उन्नति अपरेसन प्रमुख अस्मिता शाक्यले भनिन् ‘हामीले बनाएका प्रत्येक वस्तुले नेपालको जीवित सम्पदाको कथा बोकेको हुन्छ । यी उत्पादनहरू उपहार वा स्मारिका रूपमा प्रयोग गर्न सकिन्छ ।’
अब ग्राहकहरूले विशालनगर, बसुन्धरा, गठ्ठाघर र जोरपाटीस्थित सीजी डिजिटल शोरुमहरूमा उन्नतिका सेरामिक टेबलवेयर, गृह सजावटका सामग्री, स्पा तथा वेलनेसका वस्तु, स्मारिका र फेसन एक्सेसरी, स्टेसनरी तथा जीवनशैलीका विविध उत्पादनहरू सहजै खरिद गर्न सक्ने उन्नतिले जनाएको छ ।
प्रतिक्रिया 4