+
+
Shares

सेयर बजार २५२८ मा झर्‍यो, घट्यो कारोबार

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २८ गते १५:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मंगलबार सेयर बजारको परिसूचक नेप्से १९.४३ अंकले घटेर २५२८ मा कायम भएको छ।
  • कारोबार रकम ४ अर्ब ९७ करोडबाट घटेर ३ अर्ब ३६ करोड पुगेको छ।
  • शुभम् पावर र ग्रामीण विकास बैंकको मूल्य १० प्रतिशतले बढेको छ भने समाज लघुवित्तको १० प्रतिशतले घटेको छ।

२८ असोज, काठमाडौं । मंगलबार सेयर बजारको परिसूचक नेप्से १९.४३ अंक घटेको छ । सो गिरावटसँगै नेप्से २५२८ मा कायम भएको छ ।

कारोबार खुल्दा केही बेर बजार बढे पनि आधा घण्टामै ओर्लियो । कारोबार रकम घटेको छ । अघिल्लो दिन ४ अर्ब ९७ करोडको कारोबार भएकोमा आज ३ अर्ब ३६ करोडको भयो । ३३ कम्पनीको मूल्य बढ्दा २१४ को घट्यो भने ५ को स्थिर रह्यो ।

व्यापार सबैभन्दा धेरे १.४८ प्रतिशत बढ्यो भने हाइड्रोपावर सबैभन्दा धेरै १.७१ प्रतिशत घट्यो । निर्जीवन बीमा १.१०, माइक्रोफाइनान्स ०.७९, उत्पादन तथा प्रशोधन ०.९८, जीवन बीमा ०.९८, लगानी १.१६, होटल तथा पर्यटन १.११, फाइनान्स १.४०, विकास बैंक १.०० र बैंकिङ ०.८२ प्रतिशत घटे ।

दुई कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । शुभम् पावर र ग्रामीण विकास बैंकको मूल्य १० प्रतिशत बढ्यो । क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको ५.८६, विन्ध्यबासिनी हाइड्रोपावरको ५.३१, सुपरमाइ हाइड्रोपावरको ४.८४ प्रतिशत बढ्यो ।

समाज लघुवित्तको मूल्य १० प्रतिशत घट्यो । सामुदायिक लघुवित्तको ७.५४, माइखोला हाइड्रोपावरको ६.७२, एसियन हाइड्रोपावरको ६.१८ र भूगोल इनर्जीको मूल्य ५.१३ प्रतिशत घट्यो ।

आज धेरै कारोबार भएका कम्पनीमा नेपाल पुनर्बीमा, हिमालयन रिइनस्योरेन्स, सीईडीबी होल्डिङ्स, युनियन हाइड्रोपावर र शिवम् सिमेन्ट क्रमशः अगाडि रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?