
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को साउन–भदौ महिनामा वार्षिक मुद्रास्फीति १.८७ प्रतिशत रहेको जनाएको छ।
- भदौ महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति १.३४ प्रतिशत ऋणात्मक र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.७० प्रतिशत रहेको छ।
- प्रदेशगत मूल्यवृद्धिमा मधेश प्रदेशमा २.९९ प्रतिशत र सुदूरपश्चिममा ०.८८ प्रतिशत मुद्रास्फीति भएको राष्ट्र बैंकले खुलाएको छ।
२८ असोज, काठमाडौं । मूल्यवृद्धि १.८७ प्रतिशतमा झरेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिना (साउन–भदौ) को तथ्यांक अनुसार भदौ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति १.८७ प्रतिशतमात्र रहेको देखिएको छ ।
अघिल्लो आव २०८१/८२ को यसै महिना मुद्रास्फीति ३.८६ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।
यस महिना खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति १.३४ प्रतिशत ऋणात्मक बनेको छ । गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.७० प्रतिशत छ । अघिल्लो आव भदौमा खाद्यको ५.०६ र गैरखाद्य समूहको मुद्रास्फीति ३.१९ प्रतिशत थियो ।
विज्ञका अनुसार मुद्रास्फीति कम हुनुको अर्थ आर्थिक वृद्धिदर समेत कम हुनु हो । यस अवस्थाले मुलुकमा आर्थिक गतिविधि सुस्त रहेको संकेत गर्छ ।
राष्ट्र बैंकका अनुसार खाद्य तथा पेयतर्फ पनि घिउ तथा तेलको ११.०९ प्रतिशत, गैरमदिराजन्य पेय पदार्थ ३.९७ प्रतिशत र दुग्ध पदार्थ तथा अन्डाको २.६६ प्रतिशत बढेको पाइएको छ । तरकारी उपसमूहको १२.७४ प्रतिशत, मरमसला ६.६१ प्रतिशत र दाल तथा गेडागुडीको ३.५८ प्रतिशतले घटेको पाइएको छ ।
गैरखाद्य तथा सेवा समूह अन्तर्गत विविध वस्तु तथा सेवा उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ११.७७ प्रतिशत, शिक्षा ७.६७, कपडाजन्य तथा जुत्ताचप्पल ६.२९, सूर्तीजन्य पदार्थको ४.८४ प्रतिशत बढेको छ । बीमा तथा वित्तीय सेवा उपसमूहको ०.२२ प्रतिशत घटेको छ ।
यस अवधिमा ग्रामीण क्षेत्रको मूल्यवृद्धि १.७३ प्रतिशत र सहरी क्षेत्रको १.९१ प्रतिशत बढेको छ । प्रदेशगत हेर्दा सबैभन्दा कम सुदूरपश्चिममा ०.८८ प्रतिशत र धेरै मधेश प्रदेशमा २.९९ प्रतिशत छ ।
प्रतिक्रिया 4