
२८ असोज, काठमाडौं । सरकारले भूमि समस्या समाधान आयोग खारेज गरेकोमा आपत्ति जनाउँदै आएको नेकपा एमाले निकट अखिल नेपाल किसान महासंघले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।
मंगलबार महासंघको आह्वानमा काठमाडौंका तीनकुनेमा विरोध प्रदर्शनसहितको कोणसभा आयोजना गरेको हो ।
विरोध सभामा बोल्दै महासंघका अध्यक्ष डा. प्रेम दंगालले खारेज गरिएको आयोग तत्काल पुनर्स्थापना नगरे आन्दोलन गर्ने चेतावनी दिए ।
उनले गरिब किसानको हितमा स्थापना गरिएको आयोग खारेज गरेपछि आफूहरू सडक आन्दोलनमा जानुपरेको बताए ।
अध्यक्ष दंगालले भने, ‘अहिले विघटन गरिएको भूमि समस्या समाधान अयोग अविलम्ब पुनस्थापना गर । तिम्रो निर्णय अविलम्व खारेज गर । अन्यथा हामी सडक आइसकेका छौं ।
सरकारले खारेज गरेको आयोग पुनर्स्थापना नगरे देशभरिबाट आफ्ना ५ लाख सदस्यहरू उतार्ने उनले उद्घोष गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4