+

इंग्ल्यान्ड दुई खेलअगावै फिफा विश्वकपका लागि छनोट

२०८२ असोज  २९ गते ११:३२ २०८२ असोज २९ गते ११:३२
इंग्ल्यान्ड दुई खेलअगावै फिफा विश्वकपका लागि छनोट

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इंग्ल्यान्डले लाटभियाविरुद्ध ५-० को जित निकाल्दै दुई खेल अघि नै फिफा विश्वकप २०२६ का लागि स्थान सुनिश्चित गरेको छ।
  • एन्थोनी गोर्डनले २६औं मिनेटमा गोल गरेपछि इंग्ल्यान्डले अग्रता लिएर पहिलो हाफमा ३-० को स्कोर बनाएको थियो।
  • म्याक्सिम्स टोनीसेभ्सको आत्मघाती गोल र एबरेची एजेलेको गोलले खेल ५-० मा पुर्‍यायो र इंग्ल्यान्डले अहिलेसम्म कुनै गोल बेहोरेको छैन।

२९ असोज, काठमाडौं । फिफा विश्वकप युरोपियन छनोटमा लाटभियाविरुद्ध ५-० को जित निकाल्दै इंग्ल्यान्डले दुई खेल अघि नै फिफा विश्वकप २०२६ का लागि आफ्नो स्थान सुनिश्चित गरेको छ।

एन्थोनी गोर्डनले खेलको २६औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए । ह्यारी केनले पहिलो हाफ सकिनै लाग्दा ४४औं मिनेटमा र इन्जुरी समयमा गोल गरेपछि पहिलो हाफमै ३-० ले अगाडि बढ्यो ।

खेलको ५८औं मिनेटमा म्याक्सिम्स टोनीसेभ्सको आत्मघाती गोलपछि एबरेची एजेले ८६औं मिनेटमा गोल गर्दै स्कोर ५-० बनाए।

गोलकिपर जोर्डन पिकफोर्डको उत्कृष्ट प्रदर्शनमा इंग्ल्यान्डले यस छनोटमा अहिलेसम्म कुनै गोल समेत बेहोरेको छैन।

फिफा विश्वकप छनोट फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय