
२९ असोज, काठमाडौं । जेनजी युवाहरूले इजरायलमा हमासको अपहरणमा परेर ज्यान गुमाएका विपिन जोशीको सम्झनामा दीप प्रज्वलन गर्ने भएका छन् ।
जेनजी अगुवा रक्षा बमले जोशीको सम्झनामा बुधबार अपरान्ह ५:३० बजे काठमाडौंको माइतीघर मण्डलामा दीप प्रज्वलन गर्न लागेको जानकारी दिएकी हुन् ।
सामाजिक सञ्जालमा पोस्ट गर्दै बमले जोशीलाई विद्रोही समूह हमासले बन्धक बनाइसकेपछि पनि रिहा गरेर फिर्ता ल्याउन तत्कालीन राज्यसत्ताले उचित कूटनीतिक पहल नचालेको पाइएको आरोप समेत लगाएकी छन् ।
‘भविष्य बनाउन हिँडेको एउटा उज्यालो कहिल्यै नफर्किनेगरी अस्ताएको छ, हार्दिक श्रद्धाञ्जली विपिन । तिमीलाई हामी सँधै सम्झिरहनेछौं, वी आर सरी, वी कुड नट ब्रिङ यू ब्याक होम,’ बमले लेखेकी छन् ।
उनले दीप प्रज्वलनमा सहभागी हुन आह्वान समेत गरेकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4