
News Summary
Generated by OK AI. Editorially reviewed.- बुधबार नेप्से परिसूचक २२.५८ अंक घटेर २५०५ अंकमा झरेको छ।
- नेप्सेमा ४० कम्पनीको मूल्य बढ्दा २०६ को घटेको छ र म्युचुअल फन्डबाहेक सबै समूहका सूचक घटेका छन्।
- सबैभन्दा धेरै समता घरेलु लघुवित्तको मूल्य ६.९३ प्रतिशत बढेको छ भने समाज लघुवित्त र भूगोल इनर्जीको मूल्य १० प्रतिशत घटेको छ।
२९ असोज, काठमाडौं । बुधबार सेयर बजारमा कारोबार रकमसँगै नेप्से परिसूचक घटेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक २२.५८ अंक घटेको हो । सो गिरावटपछि नेप्से २५०५ अंकमा झरेको छ ।
२ : ५९ बजे नेप्से २४९९ अंकसम्म झरेकोमा अन्तिम एक मिनेटमा ६ अंक सकारात्मक देखियो । कारोबार रकम केही घटेको छ । अघिल्लो दिन ३ अर्ब ३६ करोडको कारोबार भएकोमा आज ३ अर्ब १० करोडको भयो ।
४० कम्पनीको मूल्य बढ्दा २०६ को घट्यो भने पाँचको स्थिर रह्यो । म्युचुअल फन्डबाहेक सबै समूहका सूचक घटेका छन् । म्युचुअल फन्ड ०.२४ प्रतिशत बढ्यो । व्यापार सबैभन्दा धेरै २. ०९ प्रतिशत घट्यो ।
बैंकिङ ०.५४, विकास बैंक १.१४, फाइनान्स १.१०, होटल तथा पर्यटन १.०६, हाइड्रोपावर १.१८, लगानी ०.९८, जीवन बीमा ०.७५, उत्पादन तथा प्रशोधन ०.३९, माइक्रोफाइनान्स ०.५६ प्रतिशत घटे । त्यस्तै निर्जीवन बीमा ०.६५ र अन्य समूह १.२२ प्रतिशत घटे ।
समता घरेलु लघुवित्तको मूल्य सबैभन्दा धेरै ६.९३ प्रतिशत बढ्यो । क्रेस्ट माइक्रोलाइफको ३.६२ तथा मातृभूमि लघुवित्तको ३.१३ प्रतिशत बढ्यो । दुई कम्पनीको मूल्य १० प्रतिशत घटेको छ । समाज लघुवित्त र भूगोल इनर्जीको मूल्य १० प्रतिशत घट्यो । मनकामना इन्जिनियरिङ हाइड्रोपावरको ५.८७, पन्चकन्या माइ हाइड्रोको ५.७५ तथा ग्रिन डेभलपमेन्ट बैंकको ५.०२ प्रतिशत मूल्य घट्यो ।
आज धेरै कारोबार भएका कम्पनीमा नेपाल पुनर्बीमा, हिमालयन रिइन्स्योरेन्स, युनियन हाइड्रोपावर, बुटवल पावर र हिमालयन डिस्टिलरी क्रमशः अगाडि रहे ।
प्रतिक्रिया 4