+
+
Shares

कर्जाको साँवा, ब्याज भुक्तानीमा समय सीमा थप गर्न महासंघको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २९ गते १९:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल उद्योग वाणिज्य महासंघले कर्जाको साँवा ब्याज भुक्तानी समय सीमा थप गर्न नेपाल राष्ट्र बैंकसँग आग्रह गरेको छ।
  • महासंघका कार्यबाहक अध्यक्ष अन्जन श्रेष्ठको नेतृत्वमा राष्ट्र बैंकका कार्यबाहक गभर्नर डा.निलम ढुङ्गाना तिम्सिनालाई भेटेर आग्रह गरिएको हो।
  • देशमा भएका आन्दोलन, अविरल वर्षा, बाढी पहिरो र दशैँको सार्वजनिक विदाका कारण ऋणीलाई समयमै किस्ता बुझाउन समस्या भएको महासंघले जनाएको छ।

२९ असोज, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले कर्जाको साँवा ब्याज भुक्तानी समय सीमा थप गर्न नेपाल राष्ट्र बैंकसँग आग्रह गरको छ ।

महासंघका कार्यबाहक अध्यक्ष अन्जन श्रेष्ठको नेतृत्वमा बुधबार राष्ट्र बैंक गएको महासंघको टोलीले राष्ट्र बैंकका कार्यबाहक गभर्नर डा.निलम ढुङ्गाना तिम्सिनालाई भेटेर सो आग्रह गरेको हो ।

देशका विभिन्न भागमा भएका आन्दोलन, विरोध प्रदर्शन, तोडफोडका घटना, अविरल वर्षा तथा बाढी पहिरोले देशको पूर्वी एवम् मध्य भागमा क्षति पुगेकोले ऋणीलाई समयमै किस्ता बुझाउन समस्या भएको महासंघले जनाएको छ ।

चालु आर्थिक वर्षको प्रथम त्रैमास (असोज–मसान्त) मा कर्जाको साँवा ब्याजको किस्ता बुझाउने समय नजिकिँदै गर्दा साँवा ब्याज भुक्तानीको समय सीमा थप गर्न राष्ट्र बैंकसँग आग्रह गरिएको महासंघका कार्यबाहक अध्यक्ष श्रेष्ठले बताए ।

उनले यी घटना बाहेक नेपालीको महान चाड दशैँको कारण लामो समय सार्वजनिक विदा पर्न गएको र ऋणीलाई समयमै किस्ता बुझाउन समस्या भएकोले थप समयको लागि पहल गरिदिन महासंघका सदस्य संघ संस्थाहरुबाट समेत अनुरोध भइआएको बताए । सो अवसरमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्र तथा महासंघका उपाध्यक्षद्वय सुरकृष्ण वैद्य, हेमराज ढकाल र कोषाध्यक्ष भरतराज आचार्य सहभागी भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?