+
+
Shares

गृह मन्त्रालयमा भएको आगजनीले ५३ हजार अंगिकृत नागरिकताको अभिलेख नष्ट

तर, जिल्ला प्रशासनबाट जारी भएका वैवाहिक अंगिकृतका अभिलेख सुरक्षित

गृह मन्त्रालयका सहायक प्रवक्ता एवं उपसचिव रविन्द्र आचार्यले गृह मन्त्रालयको अभिलेखमा रहेको अंगिकृत नागरिकताको सबै विवरण जलेर नष्ट भएको बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २९ गते १९:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भदौ २४ को जेनजी प्रदर्शनका क्रममा गृह मन्त्रालयमा रहेको करिब ५३ हजार अंगिकृत नागरिकताको अभिलेख आगजनीमा जलेर नष्ट भएको छ।
  • गृह मन्त्रालयका सहायक प्रवक्ता रविन्द्र आचार्यले डिजिटाइजेसनका क्रममा इन्ट्री भएका सबै विवरण र कम्प्युटर, ल्यापटप पनि जलेको बताए।
  • गतवर्ष सरकारले अंगिकृत नागरिकताको विवरण डिजिटाइज्ड गर्ने योजना बनाएको थियो र करिब १७ हजार विवरण इन्ट्री भइसकेको थियो।

२९ असोज, काठमाडौं । भदौ २४ जेनजी प्रदर्शनका क्रममा आगजनीबाट गृह मन्त्रालयमा रहेको करिब ५३ हजार अंगिकृत नागरिकताको अभिलेख जलेर नष्ट भएको खुलेको छ ।

मन्त्रालयको अभिलेखमा रहेको र डिजिटाइजेसन गर्ने क्रममा इन्ट्री भएका सबै विवरणहरू समेत नष्ट भएको गृह मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयका सहायक प्रवक्ता एवं उपसचिव रविन्द्र आचार्यले गृह मन्त्रालयको अभिलेखमा रहेको अंगिकृत नागरिकताको सबै विवरण जलेर नष्ट भएको बताए ।

उनका अनुसार, कतिपय अभिलेखहरू ‘डिजिटाइज्ड’ गर्ने क्रममा कागजातहरू स्क्यान भइरहेको थियो । स्क्यान गरेको डकुमेन्ट राखिएका कम्प्युटर र ल्यापटप पनि जलेको उनले बताए ।

गतवर्ष सरकारले अंगिकृत नागरिकताको विवरण र अभिलेख डिजिटाइज्ड गर्ने योजना बनाएको थियो, त्यसक्रममा करिब १७ हजार विवरण इन्ट्री भइसकेको थियो ।

नेपाली महिलाले विवाह गरेका विदेशी पुरुष र नेपाली पुरुषले विवाह गरेकी विदेशी महिलाले अंगिकृत नागरिकता पाउछन् ।

वैवाहिक नागरिकताको अभिलेख जिल्ला प्रशासन कार्यालयहरूमा रहन्छ । नेपाली महिला र विदेशी पुरुषबाट जन्मेका र नेपालमै रहेका सन्तानले पनि अंगिकृत नागरिकता पाउँछन् ।

अर्कोतर्फ, १५ वर्ष नेपालमा स्थायी रूपमा बसोबास गरेको व्यक्तिले पनि अंगिकृत नागरिकता पाउँछन् । त्यस्तो नागरिकता जिल्लाले नभई गृह मन्त्रालयकै निर्णयबाट जारी हुन्थ्यो, त्यस्ता सबै अभिलेखहरू गृह मन्त्रालयमा थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?