
२९ असोज, काठमाडौं । आध्यात्मिक संस्था सत्संग नेपालले हालै नेपालमा गएको बाढी, पहिरोलगायतका विपत्तिका पीडितका लागि १० लाख रुपैयाँ बराबरको सहयोग गरेको छ ।
उक्त सहयोग बुधबार प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर हस्तान्तरण समेत गरिएको छ ।
संस्थाका अध्यक्ष कृष्णप्रसाद सिटौलाको नेतृत्वको सात सदस्यीय टोलीले प्रधानमन्त्री निवास बालुवाटारमा एक कार्यक्रममाझ उक्त रकम उल्लिखित चेक हस्तान्तरण गरेका हुन् ।
भारतको झारखण्डमा मुख्य आश्रम रहेको सत्संगका परम् पुज्य श्री श्री आचार्यदेवको आशिर्वाद र निर्देशनअनुसार प्रधानमन्त्रीलाई नै भेटी यो सहयोग उपलब्ध गराएको प्रतिनिधिमण्डलका सदस्य प्रेम भट्टराईको भनाइ छ ।
उनका अनुसार, उक्त मुख्य आश्रमले आफ्नो कोषबाट नेपालको यस प्रकारको दैवी विपत्तिमा पहिलोपल्ट सहयोग गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4