
२९ असोज, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवाले समयको आवाज सुनेर निर्णय लिएको भन्दै प्रशंसा गरेका छन् ।
बुधबार सामाजिक सञ्जालमा लेख्दै महामन्त्री शर्माले सभापति देउवाले कार्यसमितिमा बहुमत हुँदाहुँदै पनि समयको आवाज सुनेर कार्यवाहक तोकेकोमा प्रशंसा गरेका हुन् ।
अर्का महामन्त्री गगन थापाले मंगलबारको बैठक नै देउवाको अन्तिम हुने बताएका थिए ।
कांग्रेसको सक्रिय राजनीतिबाट अभावकीय भूमिकामा आउन लागेका देउवाले आफूहरूलाई आगामी यात्राको परीक्षा सुम्पिएर गएको महामन्त्री शर्माले बताए ।
उनले भनेका छन्, ‘कार्यसमितिमा बहुमत थियो र छँदैछ तर दिनुभयो कार्यवाहक र जानूभयो हामी सबैलाई ’आगामी यात्राको परिक्षाझ सुम्पिएर ।’
देउवाको निर्णयको मर्मलाई आत्मसात् गर्दै नयाँ ढंगले जुट्नुपर्नेमा उनको जोड छ ।
इतिहासमा कांग्रेसले आर्जन गरेको विश्वसनीयता पुन:पुष्टि गर्ने दायित्व अब संयम र एकतासाथ मध्यमार्गी सोचले सम्हाल्ने परिपक्वता राख्नुपर्ने उनले उल्लेख गरेका छन् ।
महामन्त्री शर्माले भदौ २४ गते जेृनजी आन्दोलनका क्रममा भौतिक आक्रमणमा परेर घाइते हुँदासमेत देउवा मंगलबारको बैठकमा आवेगरहित तवरले प्रस्तुत भएको बताए । साथै देउवाले जेनजीको मागलाई सम्बोधन गर्नुपर्नेमा जोड दिएको महामन्त्री शर्माले स्मरण गरेका छन् ।
प्रतिक्रिया 4