+
+
WC Series
Oman
0/0
VS
Nepal
0/0
Shares

मधेश मुख्यमन्त्रीमा सोनलको नियुक्ति असंवैधानिक भएको भन्दै कांग्रेसको नाराबाजी

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २९ गते १९:४६

२९ असोज, जनकपुरधाम । नेपाली कांग्रेसका नेता कार्यकर्ताले मधेश प्रदेश प्रमुख कार्यालयमा नाराबाजी गरेका छन् । उनीहरूले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले लोसपा नेता जितेन्द्र सोनललाई मुख्यमन्त्रीमा गरेको नियुक्ति असंवैधानिक रहेको भन्दै बदरको माग गरेर प्रदर्शन गरेका हुन् ।

सोनलको नियुक्ति खारेज गर्नुपर्ने माग उनीहरूले राखेका छन् ।

प्रदेश प्रमुख भण्डारीले केहीबेर अगाडि मात्रै लोसपाका नेता जितेन्द्र सोनललाई नयाँ मुख्यमन्त्रीमा नियुक्त गरेकी छन् ।

कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले समेत जनमतका १३ सांसदको हस्ताक्षरसहित ५८ सांसद आफूसँग रहेको दाबीसहित मुख्यमन्त्री नियुक्तिका लागि प्रदेश प्रमुख कार्यालयमा दाबी पेस गरेका थिए ।

निर्वाचन कार्यालयमा जनमतका केही सांसदले जनस्वराज पार्टीमा समेत सनाखत गरिसकेको अवस्थामा प्रदेश प्रमुखले हतारमा मुख्यमन्त्री नियुक्त गरेको कांग्रेसको आरोप छ । जनमतका सतिशकुमार सिंह र त्रिभुवन साह निर्वाचन कार्यालयमा जनस्वराजको पक्षमा हस्ताक्षर गर्न जाने क्रममा जनमतका नेता तथा कार्यकर्ताहरूले अवरोध गर्न खोजेका थिए ।  सो क्रममा सामान्य झडप समेत भएको थियो ।

जनमत पार्टी फुटिसकेको अवस्थामा प्रदेश प्रमुखले असंवैधानिक बाटोबाट सोनललाई नियुक्ति गरेको भन्दै उनीहरूले नियुक्ति तत्काल सच्याउन माग राखेका छन् ।

नयाँ मुख्यमन्त्रीमा यादव र सोनलको दाबी परेपछि दुवै पक्षका नेताहरू छलफलका लागि  प्रदेश प्रमुख कार्यालय पुगेका थिए । सो क्रममा तनाव भएको थियो । दुवै पक्षबीच हुन सक्ने सम्भावित घटनालाई मध्यनजर राखेर प्रदेश  प्रमुखको कार्यालय परिसरमा ठूलो संख्यामा नेपाली सेना सुरक्षाका लागि खटिएका थिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?